काठमाडौं, २८ बैशाख । फागुनमा भन्दा चैतमा रेमिट्यान्स नेपाल भित्रिएको छ । चैत्रमा ९३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स नेपाल भित्रिएको हो ।
चैत महिनामा मात्रै ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याँकमा उल्लेख गरेको छ ।
गत फागुनमा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चैतमा रेमिट्यान्समा धेरै सुधार आएको हो ।
फागुन अन्तिमसम्ममा ६ खर्ब ३१ अर्ब रुपैयाँ, चैतअन्तिमसम्म्मा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
केन्द्रीय बैंकको तथ्याँक अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा भने ०.६ प्रतिशतले कम हो।