Logo

नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ



काठमाडौं, बैशाख २९ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । दाङको भालुवाङबाट प्रहरीले उनलाई आज बिहान ४ बजे घर जादै गरेको गाडीबाट पक्राउ गरेको हो ।

बास्तोला आफ्नो घर सुर्खेत जाँदै थिए । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot