Logo

धर्मेन्द्र पक्राउ परेपछि बहुमत पार्टीले भन्यो- सशस्त्र बहिस्कारको नीति छैन



काठमाडौं, २९ वैशाख । नेकपा बहुमत पार्टीले  स्थानीय तहको निर्वाचनमा विस्फोटनजन्य तथा सशस्त्र बहिस्कारको नीति नरहेको बताएको छ ।  संयोजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले पक्राउ गरेपछि पार्टीका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै प्रष्टिकरण दिएका हुन् ।

स्थानीय चुनावमा भाग नलिने नीति रहे पनि विस्फोटनजन्य तथा सशस्त्र बहिस्कारको नीति नरहेको वलीले दाबी गरेका छन् । बुधबार साँझ मात्र बुटवलमा बम विस्फोट भएको थियो । पोखराबाट नेपालगन्ज जाँदै गरेका बास्तोला पक्राउ परेका थिए ।

तर, बहुमत पार्टीले बम विस्फोटनमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको पनि बताएको छ । स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । चुनाव शुक्रबार हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot