Logo

कैलालीको गोदावरीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, उम्मेदवारकी श्रीमतीमाथि आक्रमण



काठमाडौं, बैशाख २९ । कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। गएराति गोदावरी–६ मा भएको झडपमा परि एमालेका वडाअध्यक्षका उम्मेदवार जग्गुराम चौधरीका भाई बिन्तीराम चौधरी घाइते भएका छन्।

उनको पाखुरामा धारिलो हतियार प्रहार गरिएको छ। बिन्तीकी श्रीमतीमाथि पनि आक्रमण भएकोे बताइएको छ। उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भरहेको छ। घटनामा अन्य ५ जना पनि घाइते भएको स्थानीयले बताएका छन्।

काँग्रेसका युवाहरुले राति गाउँमा पसेको भन्दै आक्रमण गरेको बुझिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot