Logo

पिके कम्याम्पसमा उत्साहजनक रुपमा मतदान जारी (फोटोफिचर)



काठमाडौं, ३० बैशाख । आज देशभरि स्थानीय तह निर्वाचन एकै चरणमा भैरहेको छ । सरकराले निर्धक्क भइ मतदान गर्न आम मतदाताहरुलाई अपिल गरेको छ। काठमाडौंमा उत्साहजनक रुपमा मतदान सुरु भएको छ । काठमाडौंका सबै मतदान केन्द्रमा बलियो सुरक्षा प्रवन्ध गरिएको छ ।

मतदाताहरुले आ–आफ्ना मतदान केन्द्रबाट मतदान गरिरहेका छन् । काठमाडौंका सबै मतदान केन्द्रमा ठूलो लाईन देखिएको छ । त्यस्तै, काठमाडौंको पद्यम कन्या क्याम्पसको मतदान केन्द्रमा पनि उत्साहजनक रुपमा मतदाताहरुको सहभागिता देखिएको छ ।

नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकाले आफ्ना परिचय खुल्ने नेपाली नागरिकता, जग्गाधनी प्रमाण पूर्जा, सवारी चालक अनुमति पत्रसमेत सक्कलै साथमा लिई मतदानस्थलमा आउन यसअघि नै आयोगले अपिल गरिसकेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot