Logo

मतदानपछि सुनिता डंगोलको प्रतिक्रिया-जनताको माया पाएकी छु, म जित्नेमा आशावादी छु (भिडिओसहित)



काठमाडौं, ३० बैशाख । काठमाडौं महानगरपालिकाकी उपमेयरकी उम्मेद्धवार सुनिता डंगोलले आफू आशावादी रहेको बताएकी हुन् ।

आज मतदानपछि प्रतिक्रिया दिँदै उनले सबैलाई मतदानको अधिकार प्रयोृगर्न पनि अपिल गरिन् ।

पत्रकारले जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भनिन्–‘जनताको माया नै हो, जित्ने ठूलो आधार । त्यो माया पाएकी छु । र, अब धेरै दिन कुर्नुपर्दैन्। अब हप्ता दिन कुर्नुपर्छ ।’

उनले आफू विजयी हुनेमा सुरुको दिनदेखि नै विश्वस्त रहेको सुनाईन् ।

उनले अहिले जनताको हातमा अधिकार छोडिदिने बेला भएको सुनाईन् ।

https://www.facebook.com/RishiDhamalaOfficial/videos/1887311184795508

तस्विर तथा भिडिओ :  मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot