Logo

विनोद चौधरीले गरे मतदान



काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेसका नेता तथा सांसद विनोदकुमार चौधरीले मतदान गरेका छन् । उनले मतदान गरेपछिका तस्विर सार्वजनिक गर्दै निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षको रुपमा चित्रण गरेका छन् ।

उनले लेखेका छन्–’लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष निर्वाचन हो ।यसैक्रममा स्थानीय तह निर्वाचनमा आज नवलपुरको देवचुली नगरपालिका-२ को दिव्य युवा समाज भटक मतदान केन्द्रमा मतदान गरे । यो निर्वाचनमा विजय हुने सबै हाम्रा जनप्रतिनिधिहरुलाई जनताको मतको भावनाअनुसार अघि बढ्ने सफलता मिलोस्, मेरो शुभकामना !’



प्रतिक्रिया दिनुहोस्

Screenshot