Logo

मतदान गरेपछि ओलीको बोली : देउवाले ९ गतेसम्म चुनाव सार्ने प्रस्ताव गर्नुभएको थियो, आखिर कांग्रेस पनि अब एक्लै चुनाव लडने स्थितिमा रहेन



काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बैशाख ९ गते आज हुने निर्वाचन सार्नको लागि औपचारिक प्रस्ताव पठाएको खुलासा गरेका छन् । आज मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘उहाँले बैशाख ९ गते औपचारिक रुपमा मलाई आज भैरहेको निर्वाचन सार्नको लागि प्रस्ताव गर्नुभएको थियो, मैले अस्विकार गरेको थिएँ । मैले अलोकतान्त्रिक बाटो नहिँड्नुहोस भनेर अलिक राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानूनले बाध्यता भएपछि उहाँहरु तयार हुनुभएको हो । गफै नगरे हुन्छ क्या, अस्ति ९ गतेसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मसँग प्रस्ताव पठाईरहनुभएको थियो ।’

उनले राजनीतिक सम्वादका कुरा साधारणतया नभनिने बताए । तर, अहिले निर्वाचन सम्पन्न हुने स्थितिमा पुगेकोले यो कुरा खुलासा गरेको सुनाए। गठबन्धनका नेताहरुले आगामी चैत्रमा मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भनेर बोलेको पनि उनले सुनाए। उनले एमाले एकातिर र गठबन्धन अर्कोतिर भएर चुनाव लडेको सुनाए । उनले मुलुक अब दुई दलीय व्यवस्थातर्फ गएको सुनाए । उनले कांग्रेस एक्लै चुनाव लड्ने स्थितिमा नरहेको पनि टिप्पणी गरे ।

https://www.facebook.com/RishiDhamalaOfficial/videos/2855863784710524

PHOTO BY: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot