Logo

ललितपुरमा ५० प्रतिशत बढी मत खस्यो



ललितपुर, ३० वैशाख ।
ललितपुर महानगरपालिकामा दिउँसो २ः१५ बजे सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्धारित समयसम्ममा ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ । मतदानस्थलमा बिहान भीडभाड देखिएपनि दिउँसो कम भएको सिवाकोटीले जानकारी दिनुभयो । अपराह्नपछि पुनः मतदान केन्द्रमा मतदाता बढ्ने अनुमान गरिएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot