Logo

काठमाडौंमा मतपेटिका संकलन कार्य सुरू (फोटोफिचर)



काठमाडौं, ३० बैशाख । काठमाडौंमा निर्वाचन सम्पन्न भएका मतदान केन्द्रबाट धमाधम मतपेटिका संकलनको कार्य सुरु भएको छ । आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधि सकिएको छ। आयोगका अनुसार मतदानका लागि लाइनमा बसेका मतदाताले अझै मत दिन पाउनेछन्।

कतिपय स्थानीय तहमा मतदानका क्रममा विवाद हुँदा स्थगित भएको मतदान ढिलो गरि सुरू भएका छन् । मतदान सम्पन्न भएको मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको आयोगले बताएको छ ।

सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतले तोकेको स्थानमा मतपेटिका लैजाने क्रम जारी रहेको निर्वाचन आयोगले बताएको छ ।निर्वाचन अधिकृतको कार्यालय वा तोकिएको स्थानमा नै आजै रातिबाट मतगणना शुरू हुने निर्वाचन आयोगले बताएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot