Logo

चितवनको कालिका नगरपालिकामा एमालेको अग्रता



चितवन, वैशाख ३१ । चितवनको कालिका नगरपालिकामा सत्ता गठबन्धनलाई पछि पर्दै नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । कालिका नगरपालिकाको वडा नम्बर १ को २०० मत गणना गर्दा एमालेको अग्रता लिएको हो ।

कालिकाको मेयर पदमा एमालेका बिनोद रेग्मीले ८१ मत प्राप्त गरेका छन् भने गठबन्धनको नेपाली काँग्रेसका शिवराम केसीले ७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयर पदमा एमालेकी बिमला लामाले ८१ र नेकपा माओवादी केन्द्रकी सविता लामाले ७२ मत प्राप्त गरेकी छन । त्यस्तै वडा नम्बर(१ को अध्यक्ष पदमा नेपाली काँग्रेसका सन्तवीर स्याङ्तानले ९४ र एमालेका बुद्धि बोम्जनले ८१ मत प्राप्त गरेका छन ।



प्रतिक्रिया दिनुहोस्