Logo

मओवादी केन्द्रले पालिका प्रमुखमा खाता खोल्यो, डोल्पाको जगदुल्लामा रोकाय विजयी



काठमाडौं, ३१ बैशाख। नेकपा (माओवादी केन्द्र) ले गाउँपालिकामा पहिलो जित निकालेको छ। डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारासिंङ रोकाय विजयी भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अमृता लामा विजयी भएकी छिन् । उक्त गाउँपालिकाको तीन वटा पनि माओवादीले जितेको छ।

रोकायले ७७० मत ल्याएर जित हाँसिल गरेका छन् ।

उनका प्रतिष्पर्धी हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् ।

उपाध्यक्षमा विजयी भएकी माओवादी केन्द्रकी अमृता बोहराले ७५९ मत ल्याइन्।

उपाध्यक्षमा एमालेकी चन्द्रावती थापाले ७४९ मत ल्याएकी थिइन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot