Logo

मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी



मनाङ, ३१ बैशाख । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन्।

गुरुङले ८२० मत प्राप्त गरी विजयी भएका हुन्। उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनबहादुर गुरुङले ६७६ मत प्राप्त गरेका हुन् । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का वेदबहादुर गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले ९०२ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वीमा स्वतन्त्र अर्जुन गुरुङले ५९१ मत प्राप्त गरेका छन् ।

मनाङमा ६२ दशमलव ६० प्रतिशत मत खसेको थियो । कूल ६ हजार ४९६ मतदाता रहेकोमा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए। सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ ।

नासों गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकोमा एक हजार ४९६ मत अर्थात ८३ दशमलव ०१ प्रतिशत मत खसेको छ । चामे गाउँपालिकामा ७११ मतदाता रहेकोमा ६१० मत अर्थात् ८५ दशमलव ७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात ६७ दशमलव ८५ प्रतिशत मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot