Logo

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित



डडेल्धुरा, ३१ बैशाख । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली काँग्रेस (बीपी)का उम्मेदवार नरेश भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ६७३ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका चन्द्र देउवाले ५४४ मत प्राप्त गरेका छन्।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बीपीले १२९ मतले काँग्रेसका उम्मेदवारलाई पराजित गरेको हो। उनलाई एमालेको पनि समर्थन रहेको छ ।

काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बीपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस्