हुुम्ला, जेठ १। खार्पुनाथ गाउँपालिकामा गठबन्धन दलकातर्फबाट नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । उक्त गाउँपालिकाका सबै निर्वाचित पदमा गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।
सहायक निर्वाचन अधिकृत बिष्णु बहादुर शाहीका अनुुसार गठबन्धन दलका उम्मेदवार रावल अध्यक्ष पदमा विजयी भएका छन् । उनी एक हजार ८१० मत ल्याएर विजयी भएका हुन्। उनका निकटमत प्रतिद्वन्द्वी एमालेका प्रकाश बहादुर शाहीले एक हजार १९५ मत ल्याएका छन् ।
यसैगरि उपाध्यक्ष पदमा गठबन्धन दलकबाट नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंहले एक हजार ८७१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकिकृत समाजावदीका शक्ति सिंह ऐडीले ८६३ मत ल्याए । अध्यक्ष पदमा निर्वाचित रावलको यो दोस्रो कार्यकाल हो ।
ययसैगरि खार्पुनाथ गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका चन्द्र रावल, ३ मा नेकपा माओवादी केन्द्रका च्यागा बोहरा र ५ नम्बरमा नेपाली कांग्रेसका भरतजंग शाही केन्द्रका उम्मेदवार विजयी भएका छन् । उनीहरु तीनै जना प्यानल सहित विजयी भएका हुन्। रावल २६० मत ल्याएर विजयी भएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी एमालेका हिरान्नद बुढाले १७९ मत ल्याएका छन् ।
वडा नम्बर ३ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बोहराले २७१ मत ल्याएर विजयी भएका छन् । नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी नै छ ।