![](https://reportersnepal.com/wp-content/uploads/2021/09/dead-768x432.webp)
धनकुटा, जेठ १ । वडा सदस्यमा जितेको खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका उम्मेदवारको मृत्यु भएको छ । धनकुटाको चौविसे गाउँपालिका वडा नं २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको उपचारको क्रममा मृत्यु भएको हो ।
मगर मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका थिए । बेहोस भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल विराटनगर भर्ना गरिएको थियो ।