Logo

विराटनगरमा नागेशको अग्रता कायमै, थापा पछिपछि



विराटनगर, १ जेठ । विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिइरहेका छन् । कोइरालाले हालसम्म २५८३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्धन्द्धी नेकपा एमालेका सागर थापाले १६१५ मत प्राप्त गरेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपमेयर पदमा एमाले उम्मेदवार शिल्पा कार्कीले १८९६, जसपाका उम्मेदवार अमरेन्द्र यादवले १३२३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४०९ मत प्राप्त गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्