Logo

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै, कांग्रेसका वड पछ्याउँदै



धनगढी, १ जेठ । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिइरहेका छन् । कुल २९५३ मत गणना हुँदा उनले १३८६ मत प्राप्त गरेका हुन् । उनले ५५० भन्दा बढी मतान्तरले अघि छन् ।

हालसम्म नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ८०७ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार रणबहादुर चन्दले १४३ मत प्राप्त गरेका छन् ।

त्यस्तै,उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१, एमालेकी कन्दकला रानाले ३८४ र स्वतन्त्र उम्मेदवार प्रभाकार भण्डारीले ४८१ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्