Logo

हेटौडामा कडा टक्कर, एसको २ मतको झिनो अग्रता



हेटौडा, १ जेठ । हेटौडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको उम्मेदवार मीना लामाले झिनो अंकले अग्रता लिएकी छिन् ।

हालसम्म ६००६ सय मतगणना हुँदा गठबन्धनकी उम्मेदवार लामाले २१३० मत ल्याएकी हुन् ।

एमालेका उम्मेदवार अनन्त पौडेलले २१२८ मत ल्याएका छन् भने राप्रपाको दीपक सिंहले २१०० मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले अग्रता लिएका छन् । बानियाँले ३१६५ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३२३ मत ल्याएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्