Logo

हेटौंडामा राप्रपाका दीपक सिंहको अग्रता



काठमाडौं, १ जेठ । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंहले अग्रता लिएका छन् । उनले नेकपा एसकी मीनाकुमारी लामालाई झीनो मतले पछाडि पारेका छन् ।

सुरुवाती अग्रता लिएकी लामालाई सिंहले पछिल्लो मतगणनामा पछि पारेका हुन् । सिंहले २६६६ मत ल्याउँदा लामाले २६३५ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका मेयरका उम्मेदवारले २४१८ मत प्राप्त गरेका छन् ।

हेटौंडामा त्रीपक्षीय प्रतिष्पर्धा देखिएको छ । गठबन्धनबाट नेकपा एसकी लामालाई मेयरका रुपमा सारिएको हो । उनी यसअघि हेटौडा उपमहानगरपालिकाकी उपमेयर थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot