Logo

बालेन साहले अग्रता झण्डै दोब्बर बनाए



काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारले मतान्तर बढाइरहेका छन् । उनले नेकपा एमालेका केशव स्थापितभन्दा झण्डै दोब्बर मत प्राप्त गरेका छन् ।

बालेनले ४१३९ मत प्राप्त गर्दा स्थापितले २१४८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार स्थापितलाई पछ्याउँदै नेपाली काँग्रेसकी सृजना सिंहले १९३४ मत प्राप्त गरेकी छिन् ।

बालेनले निरन्तर मतान्तर बढाएपछि उनले आश्चर्यजनक जीत हासिल गर्ने चर्चा सुरु हुन थालेको छ । तर, भित्री रैथाने नेवारी वस्तीको मत गनेपछि अवस्थामा फेरबदल आउने विश्लेषण नभएको होइन । बालेन पनि जीत्ने दाबी गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot