Logo

भोजपुर–५ को वडाध्यक्षमा कांग्रेसका प्रधान निर्वाचित



भोजपुर, १ जेठ । भोजपुर नगरपालिका–५ को वडाध्यक्षमा  सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार फबिन्द्र प्रधान विजयी भएका छन् । पछिल्लो मतगणना अनुसार प्रधानले ७१५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले ५७४ मत प्राप्त गरेका छन् ।

कषि,शिक्षा, स्वास्थ्य, असल शासन र पुर्वाधार, सन्तुलित विकासलाई आफ्नो एजेण्डा बनाएर प्रधान स्थानीय चुनावमा होमिएका थिए । सामाजिक संघसंस्थामा सक्रिय उनी जनताको समस्यालाई आफुले नजिकबाट नियालेको बताउँछन् ।

प्रधानसँग भ्रष्टाचार विरोधी अभियान असन शासनको अध्यक्ष, उद्योग वाणिज्य संघ कार्यसमितिको सदस्य भएर काम गरेको अनुभव छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot