Logo

इन्द्रसरोबर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी



काठमाडौं, जेठ २ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का देवकृष्ण पुडासैनी शर्मा विजयी भएका छन् । गाउँपालिकाको उपप्रमुखमा एमालेकै उमाकुमारी लामाले विजयी भएकी हुन् ।

पुडासैनीले ३ हजार ७२२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका विश्व लामाले ३ हजार ४७२ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा एमालेकी लामाले ३ हजार ७२५ मत प्राप्त गर्दा उपप्रमुखमा नेपाली काँग्रेसकी निर्मला रुम्बा ३ हजार ६५६ मत ल्याइकी छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot