Logo

छ वटै महानगरपालिकामा एमाले पछाडि



काठमाडौं, २ जेठ । देशका छ वटै महानगरपालिकामा नेकपा एमाले पछाडि परेको छ । सत्ता गठबन्धनका दलहरु ५ वटा महानगरपालिकामा अगाडि देखिएका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार अगाडि छन् ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह ५६६५ मतसहित अगाडि छन् । केशव स्थापित ३०४६ मतसहित दोस्रो र काँग्रेसकी सृजना सिंह तेस्रो स्थानमा छिन् ।

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल ३५७८ मतसहित अगाडि छन् । उनलाई एमाले उम्मेदवार विजय सुवेदीले ३५७५ मतसहित कडा टक्कर दिइरहेका छन् ।

पोखरा महानगरपालिकामा नेकपा एसका धनराज आचार्य ३४७५ मतका साथ अगाडि छन् । एमालेका कृष्णबहादुर थापा ३१०८ मतसहित ट क्कर दिइरहेका छन् ।

ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जनले ४७२९ मतसहित अगाडि बढेका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले २२६९ मत पाएका छन् ।

विराटनगरमा काँग्रेसका नागेश कोइरालाले ४२७० मत प्राप्त गरेका छन् । एमालेका सागरकुमार थापाले ३०७६ मत पाएका छन् ।

वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिहले ४१७५ मत प्राप्त गरेका छन् । एमालेका विजयकुमार सरावगील्े १८८४ मत ल्याएका छन् ।

अहिलेसम्मको मतपरिणामले एमालेलाई महानगरपालिका जित्न मुश्किल पर्ने देखिएको छ । तर, दुईवटा महानगरपालिकाहरुमा एमाले उम्मेदवारले कडा टक्कर दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot