Logo

ललितपुर महानगर प्रमुखमा कांग्रेसको अग्रता



काठमाडौँ,२ जेठ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा ९एमाले०की मञ्जली शाक्यको अग्रता कायम छ ।

पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले दुई हजार ३८ मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत पाएका छन् ।

महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म एउटा वडाको मात्रै परिणाम आएको छ । शनिबार मध्याह्न १२ बजे मतगणना सुरु भएको थियो । हाल २, ३ र ४ वडा तीन ठाउँमा गणना भइरहेको छ ।

वडा नम्बर १ अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन् । उनले ६६१ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत प्राप्तभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्