Logo

बराबरीमा रोकिए रियल म्याड्रिड र बार्सिलोना



एजेन्सी । स्पेनिस लिग ला लिगा च्याम्पियन रियल म्याड्रिड र उपविजेता बार्सिलोना बराबरीमा रोकिएका छन् । आइतबार राति भएको खेलमा म्याड्रिड काडिजसँग १-१ गोलको बराबरीमा रोकिदा शिर्ष स्थानमा अङ्क दुरि बढाउने मौका गुमाएको हो ।

रामोन डे कारान्जामा भएको खेलमा म्याड्रिडको लागि मारियानो डियाजले एक गोल गर्दा काडिजको लागि रुबिन सोब्रिनोल एक गोल फर्काए । पहिलो हाफको पाँचौ मिनेटमै रोड्रिगोको पासमा डियाजले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।

३७ औं मिनेटमा सोब्रिनोले गोल गर्दै काडिजलाई बराबरीमा ल्याए । बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अङ्क बाढे । बराबरीका बाबजुत म्याड्रिड ३७ खेलबाट ८५ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत छ भने काडिज समान खेलबाट ३६ अङ्कको साथ १७ औं स्थानमा रहेको छ ।

गएरातिनै भएको खेलमा बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकिदा शिर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग अङ्क दुरि घटाउने मौका गुमायो । हाल बार्सिलोना ३७ खेलबाट ७३ अङ्कको साथ लिगको दोस्रो स्थानमा रहेको छ । जुन शिर्ष स्थानमा रहेको म्याड्रिडको भन्दा १२ अङ्क कम हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot