Logo

दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पुन विजयी



काठमाडौँ,२ जेठ । दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका तुलसीराम पुन पाँच हजार ७४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भेषराज खत्रीले तीन हजार ३७८ मत प्राप्त गरे ।

उपाध्यक्षमा गठबन्धबाट नेपाली कांग्रेका भक्तबहादुर जिसीले पाँच हजार ९४४ मत प्राप्त गरी विजयी भए भने उनका उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सरस्वतीकुमारी घर्तीले तीन हजार २६५ मत प्राप्त गरेका थिए । आठ वडा रहेको बङ्गलाचुलीमा नेपाली कांग्रेसले चार र माओवादी केन्द्रले चार वडा यसअघि जितिसकेका छन् । कूल पन्ध्र हजार ९५३ मतदाता रहेको सो गाउँपालिकामा दश हजार ७३३ मत खसेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot