Logo

भरतपुरमा विजय सुवेदी ३७ मतले अगाडी



भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र सत्तारुढ गठबन्धन दलबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार एमालेका उम्मेदवार विजय सुवेदीले ४१८१ मत प्राप्त गरेका छन् ।

सत्तागठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले ४१४४ मत ल्याएकी छिन् । सुवेदी ३७ मतले दाहालभन्दा अगाडी छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १७५३ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्