Logo

भोजपुरको अरुणमा कांग्रेसका सालिकराम खत्री निर्वाचित



भोजपुर, २ जेठ । भोजपुरको अरुण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सालिकराम खत्री निर्वाचित भएका छन् । खत्रीले २८८७ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नारायण घिमिरेले २४२४ मत ल्याएका हुन् ।

त्यस्तै, गाउँपालिकाको उपमेयरमा पनि कांग्रेसकै बिनिता ढकाल विजयी भएकी छिन् ।

ढकालले ३००० मत प्राप्त गरेकी छिन् भने उनको निकटतम प्रतिद्धन्द्धी एमालेकी कविता राईले २५४४ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्