Logo

रोल्पाको परिवर्तन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका बुढामगर विजयी



काठमाडौं, २ जेठ । रोल्पाको परिवर्तन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का सुकबहादुर बुढामगर विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका विश्वकुमार चन्दलाई पराजित गरेका हुन् ।

सुकबहादुरले ३३११ मत ल्याउँदा चन्दले ३१२९ मत पाएका छन् ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी कलादेवी खत्रेनी विजयी भएकी छन्।

उनले एमालेकी सपना रोका मगरलाई हराएकी हुन्।



प्रतिक्रिया दिनुहोस्