काठमाडौं, २ जेठ । पेट्रोलियम पद्धार्थको मूल्य फेरि बढ्ने संकेत नेपाल आयल निगमले गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार निगमले ठूलो नोक्शानीबारे जानकारी दिएर बढ्ने संकेत दिएको हो ।
निगमका अनुसार पेट्रोलमा २२, डिजेलमा ३५ रुपैयाँ प्रति लिटर घाटा रहेको छ । अनुमानित १५ दिनमा ४ अर्ब ४९ करोड घाटा हुने स्थिति छ ।
निगमका अनुसार मे महिनाको पहिलो किस्ता १२ अर्ब ८० करोड भुक्तानी दिन नसकी रकम वक्यौता रहन गएको छ ।