Logo

मतगणना ढिलो गर्ने निर्वाचन आयोगको चाहना होइनः प्रवक्ता



काठमाडौं, ३ जेठ । निर्वाचन आयोगका प्रवक्ता सालिकग्राम शर्मा पौडेलले अहिलसेम्म २३५ पालिकाको नतिजा प्राप्त भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पौडेलले भने, “मतगणना धिमा गतिमा भइरहेको कुरा आयोगले नोटिसमा लिएको छ । अहिलेसम्म २३५ पालिकाको मतपरिणाम आएको छ । ६ वटा महानगरपालिकामा अलिकति समय लाग्ने देखियो । महानगरमा ६४ लहरको मतपत्रमा ५०० चिह्न छन् । त्यसमा सबै दलका प्रतिनिधिलाई आश्वस्त बनाउनु जटिल भएको छ । कति दिनमा मतगणना सकिन्छ भने आकलन गर्न सकिने अवस्था रहेन । अब मतगणनालाई स्पिड अप गर्न टोली बढाउनुको विकल्प रहेन ।”
साथै उनले आयोगले चाहेर मत परिणाम घोषणामा ढिलाइ नभएको जिकिर गरे । उनले भने, “मानवीय त्रुटिलाई विवादको विषय बनाउने, मतगणना रोक्ने, बराबर मत आएको अवस्थामा गोलप्रथा हुन्न भनेर बाहिरिने, नआउने गर्दा अरु वडाको गणना सुरु हुन सक्दैन । दलीय प्रतिनिधिले मानवीय त्रुटिलाई सामान्य मान्ने उदारता देखाउनैपर्छ । मतगणना हाम्रो ढिलो गर्ने चाहना होइन । तर अबको एक सातामा सबै परिणाम आइसक्छ ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot