Logo

सिके राउत नेतृत्वको जनमत पार्टीले खोल्यो खाता



काठमाडौं, जेठ ३ । सिके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको मनरा शिसवा नगरपालिका ८ को वडाध्यक्ष जितेको छ । जनमतका उम्मेदवार अजय कुमार सिंह ३८४ मतसहित वडाध्यक्ष जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका मोहम्मद सैदर अंसारीले ३३८ मत ल्याएका छन् ।

उक्त वडामा लोसपा तेस्रो र माओवादी चौथो छ । मनरा शिसवा नगरपालिका( १ नेकपा एमालेले जितेको छ भने २ र ३ काँग्रेसले जितेको छ ।



प्रतिक्रिया दिनुहोस्