Logo

सान्नी त्रिवेणी गाउँपालिकामा माओवादीका बागी उम्मेदवार निर्वाचित



सुर्खेत, ३ जेठ । सुर्खेतको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएपछि पार्टीले कारवाही गरेको केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् ।

उनले माओवादीकै डम्बरबहादुर शाहीलाई पराजित गरेका हुन् ।

शाहीले १३२५ मत प्राप्त गरेका हुन् । पार्टीले टिकट नदिएपछि केसी बागी उम्मेदवारी दर्ता गरेर पुतली चिन्हबाट चुनावी मैदानमा उत्रिएका थिए ।

उपाध्यक्षमा भने एमालेकी पार्वती सिंह निर्वाचित भएकी छिन् । उनले १६८१ मत ल्याएर विजयी भएकी हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot