![](https://reportersnepal.com/wp-content/uploads/2019/11/earthaquake-bhukampa_20190424014110-768x386.jpg)
काठमाडौं, जेठ ३। इन्डोनेसियाको जाकार्तामा मङ्गलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ । मङ्गलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुस भएको बताइएको छ ।
सो भूकम्प ६ म्याग्निच्युडको रहेको यहाँका अधिकारीहरुले जनाएका छन् । यहाँको भौगर्भिक सर्वेक्षण संस्थाले जनाए अनुसार सो भूकम्प शक्तिशाली रहेको र यसको क्षतिको खोजी भइरहेको छ ।