Logo

बन्दिपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी



तनहुँ, ३ जेठ । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । थापाले ३२२९ मत ल्याएर विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका पुर्ण सिं थापालाई ६३ मतले पराजित गरेका हुन् । माओवादी केन्द्रका पुर्ण सिं थापाले ३१६६ मत ल्याएर छन् ।

त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पञ्चमाया गुरुङ निर्वाचित भएकी छिन् । गुरुङले ३०२७ मत ल्याएर निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रकी करुणा गुरुङलाई २ मतले पछि पादै विजयी भएकी हुन् । करुणा गुरुङले ३०२५ मत प्राप्त गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot