Logo

बेसीशहरको मेयर उपमेयरमा एमालेका अर्याल र गुरुङ निर्वाचित



लमुजुङ, ३ जेठ । बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । मेयरमा गुमानसिंह अर्याल र उपमेयरमा पदमा गुरुङ निर्वाचित भएका हुन् ।

दोस्रो कार्यकालको लागि अध्यक्षमा अर्यालले ९४७९ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका श्रीकान्त घिमिरेरले ७४७१ मत ल्याएका हुन् ।

उपमेयरमा गुरुङले ८७१४ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका हरिजंग तामाङले ४६९९ मत ल्याएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot