Logo

काठमाडौंमा यी चिन्हका उम्मेदवारले पाएनन् मत



काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा शनिबारदेखि जारी मतगणनामा केही चुनाव चिन्हले एक मत पनि पाएका छैनन् । पछिल्लो गणनाको विवरण अनुसार अहिलेसम्म २५ हजार मत गन्दा १९ चुनाव चिन्हका उम्मेदवारले एक मत पनि नपाएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक मतपनि नल्याउनेमा कलमको फूल, ब्याडमिन्टन कर्क, हाँस, सेफ्टी पिन, बिरालो, प्रेसर कुकर, चुलेसी, भ्यागुतो, कक प्लेट, ठेकी, जोडी कमबुट, भालु, घण्टाघर, कंगारु, फ्रक, चौबन्दी चोलो, खसीको टाउको, बदेल र ग्यास सिलिन्डर चुनाव चिह्नका उम्मेदवारहरु रहेका छन् ।

महानगरको प्रमुखमा लौरौ चिन्हबाट चुनावमा होमिएका बालेन साहले अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेको छन् ।

उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिइरहेकी छिन् । उनलाई गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले पछ्याइरहेका छन् । यो वडा नम्बर १,२,३,४,५,६, ३१ र ३२ को मतगणना गर्दाको तथ्य हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot