Logo

रमेश खरेलको पार्टीले खाता खोल्यो



काठमाडौं, ३ जेठ। पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले स्थानीय निर्वाचनमा खाता खोलेको छ । पर्साको पोखरीया नगरपालिका–९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएर खाता खोलेका हुन् ।

आलमले ८ सय ७७ मत प्राप्त गर्दा कांग्रेसका रामबाबु चौहानले ६७८ मत मत प्राप्त गरे। पोखरीया नगरपालिकामा सुशासन पार्टीका मेयरका उम्मेदवार शंकर यादव दोश्रो स्थानमा छन्। पहिलो स्थानमा भने एमालेका उम्मेदवार प्रधुमन प्रसाद चौहान छन् । उनीहरुबीच कडा प्रतिष्पर्धा चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot