Logo

कांग्रेसद्वारा प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त



काठमाडौँ,३ जेठ । नेपाली कांग्रेसले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त गरेको छ । सामाजिक व्यक्तित्व देउवाको ६७ वर्षको उमेरमा गए राति काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।

पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेसले उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व प्रेमबहादुरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot