काठमाडौं, ४ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ८१ पैसा र विक्रिदर १२४ रुपैयाँ ४१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १३० रुपैयाँ ४३ पैसा र विक्रिदर १३१ रुपैयाँ ६ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ११ पैसा र विक्रिदर ८७ रुपैयाँ ५३ पैसा रहेको बैंकले जनाएको छ ।