Logo

कटहरीका अध्यक्षमा कांग्रेस निर्वाचित



काठमाडौँ,४ जेठ । सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको कटहरी गाउँपालिकाको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरीले छ हजार ५८५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सुभाषकुमार सरदारले पाँच हजार ८८२ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा एमालेका सीतादेवी राजवंशीले पाँच हजार ८४८ मत प्राप्त गरी विजयी भएका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मन्जिताकुमारी सरदारले पाँच हजार ७०५ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) का किशोरकुमार पाण्डेले तीन हजार ५३७ र उपाध्यक्षमा सोही पार्टीका पुजनदेवी सरदारले तीन हजार ६६६ मत प्राप्त गरेका थिए।

यसैगरी वडा नं १ को वडाध्यक्षमा एमालेका हरिनारायण राजवंशीले ९६०, वडा नं २ मा सोही पार्टीका सुरेन्द्रप्रसाद राजवंशीले ९६० मत, वडा नं ३ मा कांग्रेसका जदुलाल कामतले ९५६ मत, वडा नं ४ मा जनता समाजवादी पार्टी, नेपालका जीवनेश्वर यादवले ९८३ मत, वडा नं ५ मा एमालेका सम्पतलाल सरदारले ७२४ मत, वडा नं ६ मा एमालेका विसो सरदारले ९४६ मत र वडा नं ७ मा एमालेका मनोजकुमार माझीले ८७९मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्