काठमाडौं, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमालेले राम्रोसँग विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमिक्षा गर्न सके देश, जनता र वाम आन्दोलनको हितमा हुने टिप्पणी गरेका छन् । एमालेले ९ महिना लामो संसद् अवरोध अन्त्य गरेकोमा उनले खुशी व्यक्त गरेका छन् ।
आज (बुधबार) सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले एमालेले संसद् अवरोध हटाएर धेरै राम्रो काम गरेको बताएका हुन् । उनले लेखेका छन्–‘अन्ततःएमालेले लामो निरर्थक संसद अबरोध अन्त्य गर्यो ।राष्ट्र,लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नै पर्थ्यो।ढिलै भएपनि विवेकले काम गर्यो।राम्रो गर्यो।एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गंभीर आत्म्ससमीक्षा गर्न सक्यो भने देश,जनता र वाम आन्दोलनको हितमा हुनेछ ।सोचौं।”