
काठमाडौं, ४ जेठ । प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।
मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल सुरु भएको छ ।
छलफलको सुरुमा एमालेका सांसद योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका छन् ।
नवौं र दशौं अधिवेशनका बैठक अवरोध गरेको एमाले ११औं अधिवेशनबाट भने बैठकमा हुने छलफलमा सहभागी हुन थालेको हो ।