Logo

ललितपुरमा चिरीबाबुलाई ६३५० मतान्तरको अग्रता



ललितपुर, ४ जेठ । देशभर गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । ललितपुर महानगरपालिकाको प्रमुखमा चिरीबाबु महर्जनले सुरुवात देखिनै अग्रता लिइरहेका छन् । पछिल्लो गणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले ६३५० मतान्तरले अग्रता लिएका हुन् ।

महर्जनले ११ हजार ९२० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ५५ सय ७० मत ल्याएका छन् ।

राप्रपाका अष्टबहादुर महर्जनलाई ५ सय २२ मत ल्याएका छन् । त्यस्तै, उपप्रमुखमा एमालेकी मन्जली शाक्य बज्राचार्यले ५ हजार ९८३ मत ल्याएर शीर्ष स्थानमा छिन् ।

उनलाई पछ्याउँदै माओवादी केन्द्रका बाबुराम बज्राचार्यले ४५ सय ६६ मत ल्याएका छन् । राप्रपाकी स्वर्णिमा शाक्यले ९२९ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot