Logo

विजय उत्सवमा सहभागी चढेको गाडी दुर्घटना, ६ जनाको अवस्था गम्भिर



रुपन्देही, ४ जेठ । रुपन्देहीमा विजय उत्सवमा सहभागी चढेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० शंकरापुरमा बुधबार दिउँसो लु १ ख ८०७८ नम्बरको गाडी दुर्घटना हुँदा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

एमालेबाट वडा अध्यक्ष निर्वाचित सूर्जमान यादवको विजय जुलुसमा २५ जना चढेको सवारी साधन अनियन्त्रित भएर दुर्घटना भएको हो ।

प्रहरीको अनुसार घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्