Logo

ललितपुर महानगर वडा नम्बर १० मा ८१ वर्षीय व्यञ्जनकार आफ्नै भतिजसँग पराजित



काठमाडौं, ५ जेठ । ललितपुर महानगरपालिका वडा नम्बर १० का स्वतन्त्र उम्मेद्धवार ८१ वर्षीया नरसिंह व्यञ्जनकार पराजित भएका छन् ।

लगातार १० पटकसम्मको वडा अध्यक्ष जितेका व्यञ्जनकार यसपटक नेपाली कांग्रेसका उम्मेद्धवार रविमान व्यञ्जनकारसँग पराजित भए । रविमान नाताले भतिज पर्छन् ।

रविमानले ८२५ मत ल्याएर विजय हाँसिल गरे । उता, नरसिंहले ५४३ मत मात्रै पाए ।



प्रतिक्रिया दिनुहोस्