Logo

बन्दिपुर–३ को वडाध्यक्षमा परमेश्वर भट्टराई निर्वाचित



तनहुँ, ५ जेठ । तनहुँको बन्दिपुर–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार परमेश्वर भट्टराई विजय भएका छन् । भट्टराईले कुल खसेको मतमा ४ सय १ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादीका नारायण बहादुर केसीलार्ई ३१ मतान्तरले पराजित गरेका हुन् । केसीले ३ सय ७४ मत प्राप्त गरेका छन् ।

भट्टराई कांग्रेसका पुराना नेता हुन् । उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनी हाल नेपाली कांग्रेसको क्षेत्र न १ तनुहँको सह–सचिव हुन् । भट्टराई तनहुँ जिल्ला कार्य समितिको पुर्व कोषाध्यक्ष समेत हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot