Logo

पोखरामा गठबन्धनका धनराज दुई हजारले अगाडि



पोखरा, जेठ ५ । सत्ता गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले २ हजारभन्दा बढीको मतान्तर बनाएका छन् ।

५० हजार ११७ मत गणना हुँदा आचार्यले २० हजार ७४९ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३६६ मत पाएका छन् ।

यस्तै उपमेयरमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले २० हजार ​९७७ मत पाउँदा गठबन्धनका तर्फबाट काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २० हजार ​९६३ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot