चितवन, जेठ ५। भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । ३७ हजार ८६७ मत गणना हुँदा दाहालले २ हजार ९४६ मतले अग्रता बनाईरहेकी छन् ।
दाहालले १४ हजार ३७७ मत ल्याएकी छन् भने एमालेका उम्मेदवार बिजय सुवेदी ११ हजार ४३१ र जगन्नाथ पौडेलले ५ हजार ९९७ मत ल्याएका छन् ।
त्यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १६ हजार ७४१ तथा राप्रपाकी हिमला गुरुङले ९ हजार २६९ मत ल्याएका छन् ।